१४ बैशाख २०८१, शुक्रबार

रहिनन् संसारकै बृद्ध व्यक्ति

20230118T0815 OLDEST NUN DIED 1754867

संसारकै सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा निधन भएको छ । रान्डनको फ्रान्सको टुलोनमा रहेको उनको नर्सिङ होममा सुतेकै अवस्थामा निधन भएको हो ।

सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनले दुई वटा विश्वयुद्ध देखिन् । सन् १९४४ मा भिक्षुणी बनेपछि उनले सिस्टर एन्ड्रे नाम धारण गरेकी थिइन् ।

दृष्टिविहीन र ह्वीलचेयरमा निर्भर रहे पनि सिस्टर एन्ड्रेले अरू वृद्ध मानिसहरूको हेरचाह गरेकी थिइन् । गत अप्रिलमा एक अन्तर्वार्तामा सिस्टर एन्ड्रेले आफ्नो कामले आफूलाई दीर्धायु जीवन बाँच्न सहयोग गरेको बताएकी थिइन् ।

    सम्बन्धित समाचार...