१२ बैशाख २०८१, बुधबार

एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि धेरै उथलपुथल गरे

elon musk

ट्विटर इंकले आगामी हप्ताहरूमा सोशल मिडिया साइटको उत्पादन डिभिजनमा ५० जना कामदारहरूलाई हटाउने योजना बनाएको छ ।

समाचार साइट इनसाइडरले कम्पनीसँग परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै उक्त जानकारी दिएको छ । एलोन मस्कले थप कर्मचारीहरू कटौती नगर्ने प्रतिबद्धता जनाएको ६ सातापछि आएको हो ।

कटौतीले कम्पनीको हेडकाउन्ट २,००० भन्दा कममा घटाउन सक्ने रिपोर्टमा जनाइएको छ । एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि उनले ट्वीटरमा धेरै उथलपुथल गरेका छन् । उनले ब्लु टिक भेरिफिकेसनका लागि शुल्क लिनेलगायत अन्य विवादास्पद निर्णय गरेका छन् ।

ट्वीटरका कतिपय निर्णयविरुद्ध कर्मचारीहरु अदालतसम्म पुगेका छन् । केहीसमय अघिभएको अनलाइन सर्वेक्षणमा मस्कले सीइओबाट राजीनामा दिनुपर्ने बताएका थिए । मस्कले यसअघि सर्वेक्षण मत स्वीकार्ने बताए पनि कुनै निर्णय गरेका छैनन् ।