१४ बैशाख २०८१, शुक्रबार

एभरेष्ट इङ्गलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले गरे मन्थली डाँंडाको सरसफाई

323948596 642537330962650 868752565644187165 n.jpg

भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले सूर्यविनायक नगरपालिकाकाे गुण्डुमा पुगेर सरसफाई अभियान चलाएका छन् । कक्षा ७ मा अध्ययन गर्ने ३७ जना छात्रछात्राले शिक्षकशिक्षिकाहरूकाे साथमा सूर्यविनायक नगरपालिका-७ गुण्डुको मन्थली डाँंडामा पुगेर सरसफाई गरेका हुन् । 

मन्थलीस्थित जंगलबीचमा रहेको यो ठाउँं पिकनिक स्पोटको रुपमा रहेकाे छ । करिब एक सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त ठाउँंमा विद्यार्थीले फोहर, पानीका बोटल, रक्सीका बोटलहरू, प्लाष्टिक, शिशाका टुक्रा संकलन गरीे व्यवस्थापन गरेका छन् ।

सूर्यविनायक नगरपालिकाले जथाभावी फोहोर नगरी एकैठाउँंमा फोहोर संकलन गरी थुपार्न एउटा खाल्डोको व्यवस्था गरिराखेको छ । साथै ठाउँठाउँंमा फोहोर राख्ने डस्टविनको पनि व्यवस्था छ । तर पनि त्यहाँं आउने सर्वसाधारणले फोहोरलाई ठिक ठाउँंमा नफाली जथाभावी फाल्नाले त्यहाँं फोहोर देखिएकोले यही फोहोरलाई संकलन गर्न स्कुलले नै विद्यार्थीलाई त्यहाँं लगेको थियो । 

325040395 3358048987743537 6180457176759656050 n.jpg
324354939 1226535097962240 8839238915395326120 n.jpg
323948596 642537330962650 868752565644187165 n.jpg
322663172 623037522870986 2313651672429468888 n.jpg

    सम्बन्धित समाचार...