२३ बैशाख २०८१, आईतवार

एमालेका देवराजद्वारा सभामुखको उम्मेदवारी दर्ता, प्रस्तावक बने नेम्बाङ

darta

नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुखको उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले प्रदेश १ का इन्चार्जसमेत रहेका घिमिरेले सभामुखमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा एमाले नेता सुवास नेम्बाङ छन् । यस्तै समर्थकमा राजेन्द्रप्रसाद लिङ्देन, रवि लामिछाने र हितराज पाण्डे छन् । सभामुखको निर्वाचनका लागि आज (बुधबार) दिउँसो १ देखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । सभामुख चयनका लागि मतदान भने भोलि (बिहीबार) हुनेछ ।

उता नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा पर्ख र हेरको अवस्थामा छ ।

संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधिसभाको सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । गत मंसिर ४ गतेको निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बसेको थियो ।

    सम्बन्धित समाचार...