२१ बैशाख २०८१, शुक्रबार

निगमको सुधार बाघको घोडा चढ्नु जस्तै : मन्त्री किराती

sudan rai

नेपाल वायुसेवा निगमको सुधार गर्नु बाघको घोडा चढ्नु जस्तै भएको नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन्।

उनले आज मन्त्रालयमा पदभार ग्रहण गर्दै भने, ‘निगमको सुधार बाघको घोडा चढ्नु जस्तै हो, तर, म त्यो आँट गर्छु। सुधारबारे छलफल अघि बढाउँछौं। विज्ञ, मन्त्रालय र जनतासँग सोधेर यसबारे निर्णय पनि लिन्छौं।’

किराती माओवादी केन्द्रबाट नियुक्त भएका हुन्।

    सम्बन्धित समाचार...