८ बैशाख २०८१, शनिबार

अस्विकार गर्यो जनमत पार्टीले खानेपानी मन्त्रालय, पदभार सम्हाल्न गएनन् खानेपानी मन्त्री

Abdul Khan

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो भागमा परेको खानेपानी मन्त्रालय नलिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज गरेको मन्त्रिपरिषद् विस्तार तथा हेरफेरमा जनमतबाट मन्त्रीमा नियुक्त भएका अब्दुल खानलाई उक्त मन्त्रालयको जिम्मेवारी ताकेका छन् ।

तर, जनमतले भने आफ्नो पार्टीलाई दिने भनेर सहमति गरेबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नदिएकोले अब खानेपानी मन्त्रालय नलिने निर्णय गरेको छ । जनमतले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको दाबी गरेको थियो । उक्त मन्त्रालय एमालेको भागमा परेको छ ।

खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् । जनमतले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिनेगरि छलफल थालेको छ । अहिले उक्त दलको हाई कमाण्डको बैठक जारी रहेको छ ।

उता, जनता समाजवादी पार्टी पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने मुडमा पुगेको छ । प्रधानमन्त्री दाहालले सम्माजनक मन्त्रालय बाँडफाँड नगरेको भन्दै जसपा असन्तुष्ट छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दललाई अपमान गरिएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

जसपा आजको मन्त्रिपरिषद्को विस्तारमा सरकारमा सहभागी हुने चर्चा थियो । तर, मन्त्रालय भागबण्डा सम्मानजनक नभएको भन्दै जसपा सरकारमा सहभागी भएन । अहिले जसपाको पनि समिक्षात्मक बैठक बसिरहेको छ । जसपालेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

    सम्बन्धित समाचार...