१६ बैशाख २०८१, आईतवार

हरि उप्रेती रक्षामन्त्री

hari prasad

एमालेले आफ्नो भागमा परेका मन्त्रीहरूको नाम टुंगो लगाएको छ । सत्तागठबन्धनमा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाएको छ । यसअघि नै एमालेबाट चारजना मन्त्री नियुक्त भइसकेका छन् । 

एमाले अध्यक्ष केपी ओलीले विमला राई पौडेललाई परराष्ट्रमन्त्री, पदम गिरीलाई स्वास्थ्यमन्त्री र भगवती चौधरीलाई महिला, बालबालिकामन्त्री तथा सर्लाहीका हरिप्रसाद उप्रेतीलाई रक्षामन्त्री बनाउने भएका छन् ।

उप्रेती संविधानसभा सदस्यसमेत भइसकेका छन् । उनी एमाले अध्यक्ष ओलीका विश्वास पात्र हुन् । रक्षा मन्त्रालय निकै संवेदनशील भएकाले ओलीले उप्रेतीलाई सो मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । यसअघि एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री नियुक्त भइसकेका छन् ।

राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री, सहरी विकासमा विक्रम पाण्डे र कानुनमन्त्री ध्रुवबहादुर प्रधान बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, डा.तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएका छन् ।

    सम्बन्धित समाचार...