१४ बैशाख २०८१, शुक्रबार

टुंगियो मन्त्रालयको भागबन्डा, नयाँ मन्त्रीको शपथ भोलि

IMG8a218f6927b3e275bc9de4b40a05b09dV 1673887457

सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको हो ।

सत्ता गठबन्धन दलभित्र कसले कुन मन्त्रालयले चलाउने भन्नेबारे सहमति जुटेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बताए । उनले भने, ‘कुन पार्टीले कुन मन्त्रालयको जिम्मा लिने सहमति भइसकेको छ । मन्त्रालयको बाँडफाँट चाहिँ टुंगो लाग्यो । भोलि मन्त्री सार्वजनिक गर्ने तयारी छ ।’

मन्त्रालयको बाँडफाँटको लागि फेरि बैठक बस्नु नपर्ने गृहमन्त्री लामिछानेको भनाइ छ । उनले भने, ‘हामी फेरि मन्त्रालय बाँडफाँडका लागि बैठक बस्दैनौं । पार्टीमा छलफल गरेर मन्त्रीहरू सार्वजनिक गर्छौं ।’

लामिछानेका अनुसार नयाँ मन्त्रीहरूलाई भोलि दिउँसो १ बजेसम्म शपथ गराइनेछ ।

    सम्बन्धित समाचार...