२१ बैशाख २०८१, शुक्रबार

‘जी-टू-जी’ प्रक्रियाबाट खरिदगरेको मल नेपाल भित्रिए, किसानको बारीसम्म कहिले पुग्ला ?

mal

सरकारले भारतसँग ‘जी-टू-जी’ प्रक्रियाबाट ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न सम्झौता गरेको छ । जसमध्ये हालसम्म १९ हजार ५ सय बोरा मल मात्र नेपाल भित्रिएको छ । मल आइपुगे पनि सरकारको उदासीनताका कारण मल वितरणमा ढिलाइ भइरहेकोले किसानहरु मर्कामा छन् ।

वीरगञ्ज प्रादेशिक कार्यालयस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा आएको १९ हजार पााच सय बोरा मल अहिले गोदाममा थन्किरहेको छ । जीटूजी’ प्रक्रियाबाट खरिद भई आएको यो मल गहुा बालीका आवश्यक भए पनि सम्बन्धित निकायबाट हुने गरेको कमजोरीका मल गोदाममा थन्किइरहँदा किसानहरु भने मलका लागि हाहाकार गरिरहेका छन् ।

पर्सा, जगरनाथपुर – ५ का किसान अनिलकुमार महतोले गहुँबाली हुर्किसक्दा पनि मल पाउन नसकेको गुनासो गरे । उनले भने, ‘गहुँको बोट ठूल्ठूलो भइसकेको छ । अहिलेसम्म रासायनिक मल पाउन सकेका छैनौँ । म पाउन नसक्नुको कारण को जिम्मेवार हो हामीले बुझ्न सकिरहेका छैनौँ ।’

यसअघि मल बोकेका ट्रकमा स्थानीय जनप्रतिनिधिले अवरोध गरेपछि मात्रै पर्साका किसानले मल पाएका थिए । मल अभाव हुन नदिन भन्दै सरकारले ल्याउन लागेको ३० हजार मेटि्रक टनमध्ये भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसीएफ)मार्फत तेस्रो मुलुकबाट खरिद गरी कोलकाता बन्दरगाह हुँदै १९ हजार ५ सय मेटि्रक टन मल बल्ल नेपाल आइपुगेको हो।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख आलोक कुमारले अहिले पाँच हजार मेट्रिकटन मल भन्सार कार्यालयमा आइपुगेको जानकारी दिए । उनले भने, ‘अब त्यो भन्सार पास गरेर हाम्रो गोदाममा अहिलेसम्म १९ हजार पाँच टन मल प्राप्त गरेका छौँ ।’

ढुवानीकर्ताले ३५ दिनभित्र सबै मल नेपाललाई बुझाउने तालिका रहे पनि यही गतिमा आए अझै कति समय लाग्छ भन्ने यकिन छैन । सरकारले हरेक वर्ष किसानकै लागि भनेर मल खरिद गर्छ । तर किसानहरुभने समयमा मल नपाउने समस्याले आजित छन् । वितरण प्रणाली चुस्त नहुँदा मुलुक भित्रिसकेको मल पनि किसानसम्म पुग्दा बेला बितिसकेको हुन्छ ।

    सम्बन्धित समाचार...