४ जेष्ठ २०८१, शुक्रबार

दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटियो

325853601 5876064535817751 5508130316484638003 n

पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।

आइतबार दुर्घटनामा परेको उक्त विमानको ब्ल्याक बस्क आज बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ रहने भएकाले ब्ल्याक बक्सलाई विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ ।

उक्त ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको प्रवक्ता निरौलाले बताए । आजै काठमाडौँ ल्याएर सरकारले गठन गरेको दुर्घटना जाँच आयोगलाई उक्त ब्ल्याक बक्स बुझाइने जानकारी दिइएको छ ।

आइतबार बिहान १० : ३३ मा काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ विमान सेती नदी खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परेका ६८ जनाको शव फेला परिसकेको छ भने चार जनाको अवस्था थाहा हुन सकेको छैन । अवस्था खुल्न नसकेका चार जनाको खोजी तथा उद्धारको कार्य जारी रहेको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । हालसम्म ३५ शवको पहिचान भइसकेको छ भने पहिचान भएका शव आफन्तको जिम्मा लगाइने छ ।