१६ बैशाख २०८१, आईतवार

क-कसको दावी कर्णालीमा सभामुखमा ? उम्मेदवारी दिने समय आज

karnali

कर्णाली प्रदेशमा शनिबार सभामुख छनोटका लागि उम्मेदवारी दर्ता गर्ने समय आज रहेको रहेको छ ।

शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ । त्यस्तै ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्याएको छ । 
 
अपराह्न ५:१५ बजे उम्मेदवारको नामावली प्रकाशन र ५:३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । 

आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय रहेको छ भने १०:३० बजे अन्तिम नामावली प्रकाशनका साथै ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजनको समय निर्धारण गरिएको छ । त्यस्तै त्यसपछि निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ । 

सभामुखका लागि क कसको दावी ?

सत्ता गठबन्धन भित्र रहेको माओवादीले मुख्यमन्त्री पाएपछि नेकपा एमालेको भागमा सभामुख परेको छ । तर यो समाचार तयार पर्दा सम्मा समामुखको विषयमा अन्तिम टुंगो लागेको छैन । सभामुखका आंकाक्षीका रुपमा सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम अहिले सतहमा आएको छ । सभामुखको टुङ्गो लगाउने विषयमा सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको छ । 

कांग्रेसले पनि उम्मेदवारी दर्ता गर्ने

 नेपाली कांग्रेसले प्रदेश सभामुखमा उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको छ । कांग्रेसबाट सुर्खेत १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य खड्क पोखरेललाई सभामुखका लागि अघि सार्ने विषयामा आन्तरिक छलफल भइरहेको स्रोतले बताएको छ ।

    सम्बन्धित समाचार...