२० बैशाख २०८१, बिहीबार

डोल्पा प्रहरीले काठमाडौंमा समात्यो बैंकिङ कसुरका फरार अभियुक्त

arest

बैंकिङ कसुरमा फरार डोल्पा ठूलीभेरी नगरपालिका ४ का विष्णुबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ मंसिर २१ गतेको फैसलाले १२ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद तथा २०८७ साउन २४ को फैसलाले ३० तीस लाख रुपैयाँ जरिवाना १० दिन कैद गरी ४६ लाख रुपैयाँ नगद र १५ दिन कैद कार्यान्वयनका लागि डोल्पा प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी निराजन थापाका अनुसार जिल्ला अदालत डोल्पाबाट जारी फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।

काठमाडौंको बौद्धमा लुकिछिपी बसेको अवस्थामा बुढालाई डोल्पाबाट खटिएको टोलीले बौद्ध प्रहरी बिटको समन्वयमा बुढालाई मंगलबार दिउँसो पक्राउ गरिएको डीएसपी थापाले जनाए ।

    सम्बन्धित समाचार...