४ जेष्ठ २०८१, शुक्रबार

दुई दिनअघि नै हाजिरी गरेर बिदामा बसे मेडिकल अधिकृत चपाई

doctor
सांकेतिक तस्विर

जाजरकोटको बारेकोट गाउँपालिकाको लिम्सास्थित स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृत सन्तोष चपाई दुई दिनअघि हाजिरी गरेर बिदामा बसेको खुलासा भएको छ ।

२५ पुसमा लिम्साबाट बिदामा गएका डाक्टर चपाई २६ र २७ गतेका हाजिरसमेत लगाएर गएको पाइएपछि हाजिरी नै काटिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले बताए । अनुगमनका क्रम्मा उक्त कुरा फेला परेको उनले बताए । यस विषयमा जिज्ञासा राख्दा चपाई सम्पर्कमा आउन चाहेनन्र । २७ गते सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकाे छ ।

qeqwrq.jpg edited

    सम्बन्धित समाचार...