४ जेष्ठ २०८१, शुक्रबार

पोर्चुगलको प्रशिक्षकमा मार्टिनेज नियुक्त

1673268644 63bc0da40e960 145496

रोबर्टाे मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । स्पेनिस प्रशिक्षक मार्टिनेजले पोर्चुगलसँग साढे तीन वर्षको सम्झौता गरेका हुन् ।

पोर्चुगिज फुटबल संघले मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गर्दै मार्टिनेजलाई जिम्मेवारी दिएको हो ।

कतार विश्वकप २०२२ को क्वार्टरफाइनलबाट बाहिरिएपछि सान्तोस बर्खास्तमा परेका हुन् । 

४९ वर्षीय प्रशिक्षक मार्टिनेजले विश्वकपमा बेल्जियम समूह चरणबाट बाहिरिएपछि राजीनामा दिएका थिए ।

प्रशिक्षक मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोको लागि राष्ट्रिय टोलीको ढोका सधै खुल्ला रहेको बताएका छन् ।

    सम्बन्धित समाचार...