१४ बैशाख २०८१, शुक्रबार

आठ दिनदेखि मलेसियामा बन्दक बनाइएका नेपालीको उद्धार गर्न सरकारले थाल्यो पहल

Nepali Bandakat

मलेसियामा आठ दिनदेखि बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल थालेको छ ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अवस्था बुझ्न र उनीहरुलाई उद्दारका लागि पहल थालेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शंकरदास बैरागीमार्फत निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आठ दिनदेखि बन्दक बनाइएका नेपालीहरु गत भदौ २३ गते मलेसिया पुगेका थिए । कम्पनीका मालिकले चरम शारीरिक यातना दिने गरेपछि उनीहरुले गुनासो गर्दा कम्पनीले कामबाट निकालेर बन्धक बनाएको उनीहरुले बताएका छन् ।

उनीहरुले आफूहरुलाई बन्दक बनाइएको भन्दै सामाजिक सञ्जालमा उद्धार गर्न हारगुहार गरेका थिए ।

यद्यपि, उद्धारका लागि सहयोग माग्दै उनीहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा भने बन्धक बनाइएकामध्येका बाबुराम बास्तोलाले आफूहरु २८ जना नेपाली रहेको बताएका छन् । उनले आफूहरुलाई अज्ञात स्थलको एउटा घरको कोठामा थुनेर राखेको भिडियोमा भनेका छन् ।

    सम्बन्धित समाचार...