१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिको ट्राउजरबाट पिसाब चुहिएको भिडियो सार्वजनिक भएपछि…

ezgif.com gif maker

दक्षिण सुडानका अधिकारीहरूलाई हालै पक्राउ परेका ६ जना पत्रकारको रिहा गर्न मिडिया अधिकार समूहहरूले आह्वान गरेका छन् ।

एक कार्यक्रममा राष्ट्रपति साल्भा किरको पाइन्टबाट पिसाब चुहिएको एक भिडियो सार्वजनिक भएपछि पक्राउ परेका पत्रकारहरूलाई रिहा गर्न समूहरुले आग्रह गरेका हुन् । 

कमिटी टु प्रोटेक्ट जर्नालिस्टका अनुसार सोही भिडियोलाई लिएर राज्य सञ्चालित दक्षिण सुडान ब्रोडकास्टिङ कर्पोरेशनका कर्मचारीहरूलाई राष्ट्रिय सुरक्षा सेवाका एजेन्टहरूले मंगलबार पक्राउ गरेका थिए । 

डिसेम्बरमा सामाजिक सञ्जालमा भाइरल भएको फुटेजको बारेमा उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

युट्युबमा पोष्ट गरिएको भिडियोमा कालो टोपी र खरानी रंगको पोशाक लगाएर सार्वजनिक कार्यक्रममा सहभागी किरको बायाँ ट्राउजरको खुट्टामा भिजेको देखिन्छ । उनले कार्यक्रममै पिसाव चुहाएको अनुमान गरिएको छ ।

8ffc1793037d96b51222fbf59acf370b

    सम्बन्धित समाचार...