१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीको आज बिहान ११ बजे संसदलाई सम्बाेधन

kp oli

आज बिहान ११ बजे बस्ने संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गर्दै हुनुहुन्छ । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आउँदाे आर्थिक वर्षको बजेट र विविध विषयमा जानकारी गराउनुहुनेछ ।

आजको सम्भावित कार्यसूचीमा विनियोजन विधेयक २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

त्यसपछि आजै दिउँसो २ बजे लकडाउन को मोडालिटी बारेमा मन्त्रिपरिषद बैठक बस्ने कार्यक्रम रहेको छ।