२६ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीद्वारा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त

parchand
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । 

६ जनाको मृत्यु र १८ जना घाइते हुने गरी बिहीबार राति पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मधुवनमा बिहीबार राति बस दुर्घटना भएको थियो । उक्त बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गरेका प्रधानमन्त्री प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । 

शुक्रबार बिहान सामाजिक सञ्जला ट्वीटरमार्फत् प्रधानमन्त्री प्रचण्डले मृतकलाई श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक यातायात सुरक्षित र मर्यादित बनाउन भूमिका खेल्न सबैमा अपिल पनि गरेका छन् ।

‘गएराति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपील गर्दछु,’ प्रधानमन्त्रीको ट्वीटमा उल्लेख छ । 

    सम्बन्धित समाचार...