२२ बैशाख २०८१, शनिबार

ब्राजिलका नयाँ राष्ट्रपति लुला तेस्रो कार्यकालका लागि सत्तामा फर्किए, पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिका उडे

Lula1 1672623493

लुला इनासियो लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रुपमा शपथ लिएका छन् । उनी तेस्रोपटक देशको सर्वोच्च पदमा पुगेका हुन् ।

आइतबार कार्यभार सम्हालेका लुलाले जइर बोल्सोनारोको लोकतन्त्र बिरोधी कदमको निन्दा गरे ।

उनले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोको लोकतन्त्र विरोधी चुनौतीको आलोचना गर्दै दक्षिण पन्थी बोल्सोनारोलाई अभियोजन गर्न र भोकमरी, गरिबी र जातीयवादले ग्रसित ब्राजिललाई उद्धार गर्न एउटा कठोर परिवर्तनको कदम लिने बाचा गरेका छन् ।

हालै सम्पन्न निर्वाचनमा पराजित भएपछि गत शुक्रबार बोल्सोनारो देश छाडेर अमेरिका प्रस्थान गरेका छन् । उनले चुनावी परिणाममालाई स्वीकार गरेका छैनन् ।

यो चुनावी नतिजाको अस्वीकार्यताले हिंसात्मक आन्दोलनको जन्म दिएको छ ।

बोल्सोनारोको चार वर्षे कार्यकालमा अमाजोन रेनफरेस्टको वातावरणप्रति संवेदनहीनता, हातहतियार कानूनमा लचिलोपन, आदिवासी जनजाती र अल्पसंख्यकलाई कमजोर सुरक्षालगायत अन्य सार्वजनिक मामिलाका विषयमा लुलाले फरक नीति पछ्याउने अपेक्षा गरिएको छ ।

लुलाको कार्यकालको पहिलो निर्णयमा गैरकानूनी वन विनास रोक्न सरकारी वातावरण निकाय इबामाको पुनर्स्थापना र आदिवासी जमिन क्षेत्रमा गैरकानूनी खानी उत्खनन् प्रोत्साहन गर्ने व्यवस्थाको खारेजी रहेको छ । यी निर्णयलाई बोल्सोनारोले ध्यान दिएका थिएनन् ।

बोल्सोनारोले पीडादायी ध्रुवीकृत गरेको ब्राजिलको राजनीतिले आर्थिक वृद्धि गर्नुपर्ने समाजवादी वाम राष्ट्रपति लुलाका लागि चुनौती रहेको छ ।

    सम्बन्धित समाचार...