५ जेष्ठ २०८१, शनिबार

बालुवाटारमा दाहाल-ओलीबीच शक्ति बाँडफाँड र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल

Oli Dahal

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा वार्ता भएको छ । करिब २ घण्टा भएको भेटमा शक्ति बाँडफाँडका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहाल-ओलीबीच एक्लाएक्लै भएको भेटमा मन्त्रिपरिषद् विस्तार, शक्ति बाँडफाँड, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा छलफल भएको छ ।

गठबन्धनबीच सहकार्य र समन्वयका लागि बिहीबार मात्र ओली नेतृत्वको उच्चस्तरीय संयन्त्र बनिसकेपछिको यो पहिलो भेट हो ।

यस्तै गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मस्यौदा समिति बनाइएको थियो । यो समितिलाई पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न अख्तियारी दिइएको छ । सातदलको समर्थनमा प्रधानमन्त्री बनेका दाहाललाई सरकारमा जाने मन्त्रीहरुको सन्तुलन मिलाउन सकस परिरहेको छ ।