४ जेष्ठ २०८१, शुक्रबार

खतरामुक्त कार दुर्घटनामा परेका भारतीय क्रिकेटर ऋषभ पन्त

RISHAVPANTA 1672387973

भारतीय राष्ट्रिय क्रिकेट खेलाडी ऋषभ पन्त शुक्रबार बिहान उत्तराखण्डको रुर्की नजिकै दुर्घटनामा परेका छन् । टाउको र दाहिने घुँडामा चोट लागे पनि उनी खतरामुक्त रहेका छन् ।

पन्त दिल्लीबाट गृहनगर रुर्की जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ । उनको कार सडक डिभाइडरमा ठोक्किँएपछि आगो लागेको प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलबाट उद्धार गरेर पन्तलाई रुर्कीको एक निजी अस्पतालमा लगिएको थियो । उक्त अस्पतालले उनलाई सामान्य उपचारपछि देहरादुन अस्पतालमा रिफर गरेको थियो। उनको टाउकोमा र दाहिने घुँडाको लिगामेन्टमा चोट लागेको प्रहरी जनाएको छ ।

राज्य सरकारद्वारा जारी विज्ञप्तिअनुसार पन्तको कार हरिद्वार जिल्लाको मोहम्मदपुर नजिकै बिहान ५:३० बजे दुर्घटनामा परेको हो । प्रहरीका अनुसार पन्त आफैँले कार चलाएका थिए । कार अनियन्तित्र भएर डिभाइडरमा ठोक्किँएको हो ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पन्तको उचित उपचारको लागि सबै सम्भावित व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री सिंहले उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने घोषणा गरेका छन् ।

    सम्बन्धित समाचार...