२१ बैशाख २०८१, शुक्रबार

डेढ दशकपछि सीमा क्षेत्रका नेपालीले पाए भारतीयबाट जग्गा फिर्ता

Dhanusha 1

नेपाली नागरिकको भूमि रहे पनि डेढ दशकदेखि भारतीय नागरिकले भोगचलन गर्दै आएको जमिन नेपाली नागरिकलाई फिर्ता दिने सहमति भएको छ ।

धनुषाको मुखियपट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष जयकुमार यादवको नेतृत्वमा सशस्त्र प्रहरी, भारतीय सशस्त्र सीमा बल र दुवै देशका नागरिकको रोहबरमा विवादित जग्गामै भएको छलफलमा भारतीय नागरिकले भोगचलन गर्दै आएको जमिन नेपालीलाई भोगचलन गर्न दिने सहमति भएको हो ।

साथै भारतीय नागरिकलाई पनि बाँझो रहेको आफ्नो जग्गा भोगचलन गर्न दिने सहमति भएको छ । धनुषाको मुखियपट्टी मुसहरनिया गाउँपालिका २, मुखियापट्टी गाउँको सीमावर्ती क्षेत्रमा नेपालीको नाममा लालपुर्जा रहेको तीन बिघाभन्दा बढी जमिन भारतीयले बलपूर्वक डेढ दशकदेखि खेती गर्दै आएको थिए ।

विभिन्न समयमा जग्गा फिर्ता गर्न पहल भए पनि दुवै पक्षबीच ठोस सहमति नहुँदा नेपालीले जग्गा फिर्ता पाउन सकेका थिएनन् ।Dhanusha%20(3)

    सम्बन्धित समाचार...