१७ बैशाख २०८१, सोमबार

बागमती प्रदेश कांग्रेस दलको नेतामा बहादुरसिंह लामा र इन्द्र बानियाँको उम्मेदवारी

bagmati f8A2H16nrf

कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेतामा दुईजनाको उम्मेदवारी परेको छ । बुधबार हुने दलको नेताको निर्वाचनका लागि बहादुरसिंह लामा र इन्द्र बानियाँको उम्मेदवारी दर्ता गरेका हुन् । 

लामा केन्द्रीय सदस्य हुन् । बानियाँ कांग्रेस बागमतीका सभापति हुन् । उनी यसअघि दलकाे नेता थिए ।

दुवै सभापति शेरबहादुर देउवा पक्षधर नेता हुन् । बुधबार बिहान ८ देखि १० बजेसम्म मनोनयन दर्ताको समय थियो । उक्त समयमा बानियाँ र लामाले उम्मेदवारी दिएका हुन् । लामाकाे प्रस्तावकमा अर्का केन्द्रीय सदस्य कुन्दनराज काफ्ले प्रस्तावक, उर्मिला केसी नेपाल, तीर्थ लामा र रामकृष्ण चित्रकार समर्थक छन् ।

यसअघि प्रतिनिधिसभा सदस्य भइसकेकाले लामालाई दलको नेता बनाउन अहिले कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, मदनकृष्ण श्रेष्ठ हेटौंडा पुगेका छन् । 

कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसर हेटौँडामा बुधबार दिउँसो २ देखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।