२२ बैशाख २०८१, शनिबार

दक्षिण कोरियामा वयस्क आकारको सेक्स डलको आयातमा प्रतिबन्ध

doll large

दक्षिण कोरियाली अधिकारीहरूले वयस्क आकारको सेक्स डलको आयातमा लाग्दै आएकाे प्रतिबन्ध हटाएका छन् । सरकारले जनताको निजी जीवनमा हस्तक्षेप गरिरहेको छ कि छैन भन्ने विषयमा वर्षौंसम्मको बहसपछि यो निर्णय आएको हो ।

संशोधित निर्देशिकाहरूले भन्सारको माध्यमबाट वयस्क आकारको पुतलीहरूलाई अनुमति दिन्छ, तर नाबालिगरू जस्तो देखिने डल भने अझै पनि निषेधित रहेका कोरिया भन्सार सेवाले जनाएको छ ।

दक्षिण कोरियामा सेक्स डल गैरकानुनी छैन । तर, सन् २०१८ यता भन्सारमा हजारौं यस्ता डल जफत भएका छन् । 

अधिकारीहरूले दक्षिण कोरियाको परम्परा र सार्वजनिक नैतिकतालाई हानी पु¥याउने सामानहरू प्रतिबन्धित गर्ने कानुनअन्र्तगत लाइफ साइज सेक्स डलको आयातमा रोक लगाएका छन् । 

आयातकर्ताहरूले सुरुमा प्रतिबन्ध फुकुवा गर्न र भन्सारमा डल छाड्न माग गर्दै अदालतमा गुनासो गरेका थिए । उनीहरूले उत्पादनहरूले मानव मर्यादामा कुनै असर नगरेको बताए ।

    सम्बन्धित समाचार...