३० बैशाख २०८१, आईतवार

दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे स्थिर

gold silver

नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अज छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन एक लाख रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार पिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

    सम्बन्धित समाचार...