७ बैशाख २०८१, शुक्रबार

चितवनमा एकैदिन दुई चिकित्सकसहित २० जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

corona lab bharatpur

चितवनमा आज सोमबार एकै दिन २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज गरिएको परीक्षणमा २० जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको उच्च स्रोतले जनाएको छ ।

उच्च स्रोतले भन्यो–‘अहिलेसम्म २० जनाको पोजिटिभ रिपोर्ट प्राप्त भइसक्यो, अझै केहीको रिपोर्ट आउँदैछ, संख्या अझै बढ्ने निश्चित छ ।’ संक्रमितहरुलाई भरतपुर कोरोना अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमित हुनेमा एक जना चिकित्सक समेत रहेका छन् ।

चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् ।

चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।

आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ ।