४ बैशाख २०८१, मंगलवार

न्यूजिल्याण्ड कोरोना संक्रमणमुक्त, कोरोनाका कारण लगाइएका सबै प्रतिबन्ध मध्यरातदेखि फुकुवा हुँदै

neujeland pm lockdown

न्युजिल्याण्डमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीको संख्या शून्यमा झरेको छ । न्युजिल्याण्डमा पछिल्लो ४८ घण्टादेखि कुनै पनि लक्षण नदेखिएपछि अन्तिम बिरामीलाई पनि आइसोलेसनबाट निकालिएको हो ।

न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले एक विज्ञप्ति जारी गर्दै यो न्युजिल्याण्डको लागि निकै खुसीको खबर रहेको बताएका छन् । न्युजिल्याण्डमा मे २२ यता अहिलेसम्म कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् ।

न्युजिल्याण्डमा एक हजार ५०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये २२ जनाको मृत्यु भएको थियो । न्युजिल्याण्डले मुलुकमा कोरोना भाइरसका संक्रमित संख्या ३० पुग्दा मार्च १९ मा कडा लकडाउनको घोषणा गरेको थियो । पाँच सातासम्म न्युजिल्याण्डमा लकडाउन कडाइको साथमा पालना गराइएको थियो । त्यसपछि बिस्तारै खुकुलो बनाइएको थियो ।

अन्ततः अप्रिलको अन्तिममा न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमण लगभग शून्यमा झरेको थियो । यससँगै न्युजिल्याण्डले प्रतिबन्ध हटाएको थियो ।

न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमण शून्यमा झरेको भए पनि प्रधानमन्त्री ज्यासिन्डा अर्डनले अहिले नै तत्काल सीमानाका भने नखोलिने बताएकी छिन् । यद्यपि बाँकी सबै प्रतिबन्ध पनि खुला गरिएको छ ।

न्यूजील्यान्डमा लकडाउन हटाइयाे

न्यूजील्यान्डमा सोमवार मध्यरातदेखि कोरोनाभाइरससम्बन्धी सतर्कता तह सबभन्दा तल्लो तहमा पुर्‍याइने प्रधानमन्त्री जसिन्डा आर्डर्नले घोषणा गरेकी छन्।

त्यसको अर्थ मुलुकभित्र लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुनेछन्। तर सीमा नाका भने अझ पनि बन्द रहने बताइएको छ।

सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूलाई कुनै प्रतिबन्ध बिना चलाउन दिइनेछ।

आर्डर्नले ‘न्यूजील्यान्डले भाइरस जित्न अभूतपूर्व रूपमा एकताबद्ध भएर काम गर्‍यो’ भनिन्।

आर्डर्नले ‘तर भाइरस निर्मूल नहुने त्यसैले निरन्तरको प्रयास आवश्यक पर्ने’ चेतावनी दिइन्।

उनले भनिन्, “न्यूजील्यान्डले कोरोनाभाइरसको नयाँ सङ्क्रमण अवश्य पनि फेरि देख्नुपर्नेछ।”

न्यूजील्यान्डमा अब एउटा पनि सक्रिय कोरोनाभाइरस सङ्क्रमण बाँकी नभएपछि न्यूजील्यान्डले भाइरस जितेको जस्तो देखिएको छ।

शुरूमा न्यूजील्यान्ड असाध्यै छिटो र बृहत् लकडाउनमा गयो। उसका सीमा नाकाहरू १९ मार्चमा बन्द गरिए। त्यतिबेला न्यूजील्यान्डमा ३० वटा मात्र भाइरस सङ्क्रमण पुष्टि भएको थियो।

सात दिनपछि उच्च तहको सतर्कतामा मुलुकलाई लगियो। न्यूजील्यान्डमा कडा लकडाउन लगाइयो।

पाँच हप्ताको कडा लकडाउनपछि केही घर लगेर खान मिल्ने ‘टेकअवे’ पसलहरू र केही कम अत्यावश्यकीय व्यवसायहरू पनि खोल्न अनुमति दिइएको थियो।

अन्त्यमा एप्रिलको अन्त्यतिर नयाँ सङ्क्रमण झण्डै शून्यमा झर्‍यो। त्यसपछि त्यहाँ झन् धेरै प्रतिबन्धहरू खुकुलो बनाइयो।

अहिले भाइरस समाप्त भएजस्तो देखिन्छ। तर प्रधानमन्त्री जसिन्डा आर्डनले लामो समयसम्म सीमा नखोल्ने बताएकी छन्।

न्यूजील्यान्डमा जम्मा १५०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो।

स्रोत बीबीसी, अलजजिरा