१३ बैशाख २०८१, बिहीबार

खुलेको तीन दिन नबित्दै बारा र पर्साका बजार फेरि बन्द

birgunj ghantaghar

लकडाउनको समयमा वीरगन्जका बजार खोल्न अनुमति दिएको तीन दिन नबित्दै फेरि स्थानीय प्रशासनले बन्द गराएको छ । 

आलोपालो बजार खोल्न अनुमति दिएको यहाँको प्रशासनले २ दिन नबित्दै अत्यावश्यकीय सेवा वाहेकका पसल बन्द गराएको छ ।

बारा र पर्साका स्थानीय प्रशासनले बेग्लाबेग्लै सूचना निकालेर लकडाउनमा त्यस्ता व्यवसाय चलायन रोक लगाएका हुन् । पर्साको वीरगञ्ज बजार शुक्रवारदेखि आलोपालोमा खुलेको थियो ।

कोरोना संक्रमण बढिरहेको र संक्रमणको जोखिम देखिएकाले अत्यावश्यक बस्तु तथा सेवाबाहेकका सम्पूर्ण व्यवसाय स्थल बन्द गर्नुपर्ने प्रशासनको सूचनामा उल्लेख छ ।

जेष्ठ २४ गते बसेको सुरक्षा समितिको बैठकले पसल व्यवसायमा उपस्थित सर्वसाधारण एवम् व्यवसायीहरुबाट तोकिएको सर्त तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरु पालना नभएको अवस्थाले संक्रमण बढन सक्ने खतरा देखिएकाले अत्यावश्यक बाहेक सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेकाे हाे । 

संक्रमण फैलिन नदिन पर्याप्त सावधानी अपनाएर व्यवसाय खोल्न भनिएकोमा पालना नभएपछि बन्द गराउनु परेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

जेष्ठ २१ गते बसेको सुरक्षा समितिको बैठकले बजारलाई खुकुलो बनाउने निर्णय गरेपछि शुक्रबार देखि वीरगन्जका पसलहरु जोर विजोर प्रणालीबाट खुल्न थालेका थिए ।

पर्साको वीरगञ्ज र बाराको कलैया बजारमा आलोपालो प्रणालीमा व्यवसाय सञ्चालन गर्न दिइएको थियो । लकडाउनले व्यवसाय चौपट भएको भन्दै स्थानीय व्यवसायीले विरोध गरेपछि प्रशासनले लकडाउन खुकुलो तुल्याएर व्यापार चलाउन सहजीकरण गरेको थियो ।

कोरोनाका संक्रमित बढ्दै गएको र व्यवसायस्थलमा सतर्कता नअपनाएको भेटिएपछि संक्रमण फैलिने जेखिमका कारण अत्यावश्यक बाहेकमा सबै पसल बन्द राख्न सूचना गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

102638585 681682009282489 3298451132547021165 n 2dCKCC2SBO