१७ बैशाख २०८१, सोमबार

‘द भ्वाइस अफ नेपाल ४’को उपाधि करण राइलाई

karan rai wint

करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् ।

अमेरिकामा बसोबास गर्दैै आएका नेपाली भाषी करण राईले ‘द भ्वाइस अफ नेपाल ४’को उपाधि जितेका हुन् । हिजो राती सम्पन्न ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार रियालिटी शोको उपाधि हात पार्न सफल भएका हुन् ।

उनी कोच राजु लामाको टिममा थिए । उपाधि जितेसँगै उनले २५ लाख नगद पुरस्कार पनि प्राप्त गरेका छन् ।

यस्तै, टिम राजेश पायल राइको समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप भइन् । टिम प्रमोद खरेलको समूहबाट योगेश मगर सेकेन्ड रनरअप हुँदा टिम प्रविशा अधिकारीको तर्फबाट शाइल लिम्बू थर्ड रनरअप बने ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनकाे सिक्री, ग्यालेक्सी जेड फोल्ड फाेन पुरस्कार प्राप्त गरे ।

ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए ।

भ्वाइसको उपाधि जितेपछि मिडियासँग कुराकानी गर्दै करणले आफूमा अझै जिम्मेवारी थपिएको बताए । उनले भने–‘मेरो त यो सुरुवात मात्र हो । ममा अझै जिम्मेवारी थपिएको छ । नेपाली सांगीतिक क्षेत्रमा अझै धेरै काम मैले गर्नुछ ।’

    सम्बन्धित समाचार...