१ जेष्ठ २०८१, मंगलवार

१९ किलो सुनसिहत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ वर्षीय युवक पक्राउ

arest

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १९ किलोग्राम अवैध सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् । २७ वर्षीय मोहम्मद अहमद डफल्ला साराफेल्डिनको साथबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुन बरामद गरेको हो ।

विमानस्थल भन्सार कार्यालयका प्रवक्ता विनोद लामिछानेका अनुसार मोहम्मदको साथबाट १ हजार ९ सय ग्रामका १० वटा सुनका प्याकेट बरामद गरिएको हो । प्रवक्ता लामिछानेले कान्तिपुर टेलिभिजनसँग भने, ‘उनले कम्मरमा बाँधेरे सुन ल्याएको रहेछन् । १९ वटा प्याकेट छ । एउटा झण्डै १,९०० ग्राम हाराहारीको छ ।’

१९९५ जन्म मिति भएको पासपोर्ट बोकेका मोहम्मद फ्लाइ दुवईको फ्लाइटबाट नेपाल आएका हुन् । प्रवक्ता लामिछाने भने, ‘अहिले उनी हाम्रो नियन्त्रणमा छन् । थप अनुसन्धानको लागि प्रहरीलाई जिम्मा लगाउने तयारी छ । हामी त्यसैको प्रशासनिक काममा छौं ।’ उनका अनुसार मोहम्मद कुन देशबाट नेपाल आएका हुन खुलिसकेको छैन ।

    सम्बन्धित समाचार...