१३ बैशाख २०८१, बिहीबार

कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या ६४१ पुग्यो (विवरणसहित)

Karnali I2VYaB4kim

आइतबार कर्णाली प्रदेशमा ५४ जना थप कोरोना संक्रमित भेटिएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमध्ये ५४ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

आइतबार भेटिएकामध्ये सल्यानका २८, सुर्खेतका २०, दैलेख र कालिकोटका ३/३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

थपिनेमा सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ का ७ पुरुष, १ महिला, वडा नम्बर ३ का २ पुरुष, ४ का ३ पुरुष, ५ र ६ का २/२ जना पुरुष, वडा ७ का ५ जना पुरुष, वडा नखुलेका १ पुरुष छन्।

यस्तै स्थानीय तह नखुलेका सल्यानको बेलखोला गाउँका ३ जना पुरुष रहेका छन् भने कुमाख गाउँपालिका–३ का २ जना पुरुष रहेका छन्।

सुर्खेतको बराहताल गाउँपालिका–१ र २ का १/१ जना पुरुष, भेरीगंगा नगरपालिका–९ र वीरेन्द्रनगर नगरपालिका–२ का २/२ जना पुरुष, चौकुने गाउँपालिका–७ र ८ का १/१ पुरुष, लेकवेशी नगरपालिका–१, ३ र ९ नम्बर वडाका १/१ जना पुरुष, वडा नम्बर ४ का ३ पुरुष, पञ्चपुरी नगरपालिका ३ का ४ जना पुरुष र वडा नम्बर ९ का १ महिला, १ जना पुरुष छन्।

दैलेखको भेरवी गाउँपालिका–३ र ५ का १/१ जना पुरुष, चामुण्डाविन्द्रासैनी नगरपालिका–४ का ११ वर्षीय बालकमा संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ।

कालिकोटको खडाचक्र नगरपालिका–९ र १० का १/१ जना पुरुष र महाबै गाउँपालिका–३ का एक जना पुरुषमा संक्रमण देखिएको छ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६४१ पुगेको छ ।

नयाँ संक्रमितको विवरण

101721276 282485583132702 6134892720751843336 o MgzlZT1s1l