१६ चैत्र २०८०, शुक्रबार

नेपालमा रामदेवको योगलाई प्रतिबन्ध लगाऊँ, एमसिसीलाई खारेज गरौँ

prem suwal

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले जिम्मेवारीबोध नगर्दा जनता सिंहदरबारमै सुत्‍न आउने अवस्थामा पुगेको बताएका छन्।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। ‘सरकारको गैरजिम्मेवारपनले जनता भोकभोकै छ। भोकमरीमा परेका जनता सिंहदरबार, बालुवाटार र शीतल निवासमा सुत्न आउनेछन्’, उनले भने, ‘सरकार पुँजीपतिहरुलाई पोस्दैछ, तर गरिबहरु मरिरहेका छन्।’

सांसद सुवालले सिंहदरबारले नै टिपर उद्योग चलाएको आरोप लगाए। ‘रात परेपछि सयौँ टिपरको लाइन भक्तपुरमा देखिन्छ’, उनले भने, ‘यो पुरातात्विक महत्वको सहर काठमाडौंलाई निर्माणका नाममा ध्वस्त पारिँदैछ। भक्तपुरलाई सांस्कृतिक सहर घोषणा गरियोस्।’ नेता सुवालले अब स्कुल स्कुलमा समाजवाद पढाउनुपर्नेमा जोड दिए।

सरकार पुँजीवादको भासमा परेको बताउँदै अब जनतालाई समाजवाद पढाउनुपर्ने बताएका हुन्। ‘अब स्कुलमा समाजाद पढाऊँ। सांसद प्रेम सुवालले ‘एमसीसी’ सम्झौता अविलम्ब खारेज गर्न माग गर्दै नेपालमा रामदेवको योगमाथि प्रतिबन्ध लगाउन माग गरे ।

अमेरिकाले दिने भनेको एमसिसी खारेज गरौँ’, उनले भने, ‘एमसिसी नेपालको हितमा छैन, यसलाई कार्यान्वयन गर्नु हुँदैन।’ नेता सुवालले भारतीय योगगुरु रामदेवले चलाउँदै आएको योगलाई प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।

रामदेवको योगलाई प्रतिबन्ध लगाऊँ, विज्ञान र डाक्टरहरुले पनि प्रमाणित नगरेको रामदेवको योगको कुनै अर्थ छैन’, उनले भने, ‘अब फिजियोथेरापीसहितका शारीरिकरुपमा फाइदा हुने कुरालाई अगाडि बढाऊँ।’ फिजियोथेरापीलाई जोड दिऊँ