१२ बैशाख २०८१, बुधबार

क्वारेन्टाइन बस्न चाहनेका लागि सरकारले सार्वजनिक गरेको प्रारम्भिक होटलको सुचि, दररेट सहित

han quarantine

विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा होटल क्वरेन्टिनमा बस्नेहरुको लागि ४७ वटा होटलको नाम सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको होटलको सूची सार्वजनिक गरेका हो।

काठमाडौं जिल्ला प्रशासनले होटलको सूची सार्वजनिक गरेपनि होटलसँग समन्वय भने नभएको होटल व्यावसायी बताउँछन । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह भन्छन ‘समुदायबाट विरोध हुने अवस्था आएको छ। त्यसको सरकारले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ।’

टोलटोलमा होटल भएको ठाउँमा बाहिरबाट आएका मानिसलाई वडा कार्यालयको स्वीकृत नलिइकन नराख्न भन्दै सूचना जारी भएको छ। तर, यसमा सरकारले कुनै समन्वय नगरेको शाह बताउँछन्।

सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ ।

कति पर्छ खर्च ?

होटल को प्रकार१ बेड (प्रति व्यक्ती)२ बेड (प्रति व्यक्ती)
४ तारे८ हजार५ हजार
३ तारे६ हजार३ हजार ५ सय
२ तारे५ हजार२ हजार ५ सय
१ तारे४ हजार२ हजार ५ सय

साथै पर्यटकीय स्तरका होटलहरूको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ। यो मूल्यमा कर समेत जाडिएको हानले जनाएको छ।

यो मुल्यमा चार पटकसम्मको खाना र खाजा समावेश गरिएको छ ।