१९ बैशाख २०८१, बुधबार

दुधौरा खोलामा निर्माणाधीन चार लेनको पक्की पुलमा ढिलाइ

pul 1
सांकेतिक तस्विर

पूर्वपश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलामा चार लेनको पक्की पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूलाई सास्ती भाेग्न बाध्य भएका छन् । 

पक्की पुल निर्माण गर्ने गरी तीन वर्षअघि नै ठेक्का लागे पनि निर्माणा कम्पनीले एउटा पिलरको जग उठाउनेबाहेक अरु काम गरेको छैन् । सडक विभाग मातहतकाे पुल महाशाखाले पुल निर्माणकाे जिम्मा महादेव खिम्ती हिराजन जेभीलाई दिएकाे थियाे । सम्झाैताअनुसार तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने हाे ।  

१५ करोड २३ लाख लागतमा यस पुल निर्माण गर्न सम्झौता भएता पनि कम्पनीले लिएको ठेक्काको समय सीमा आगामी माघ महिनामा सकिँदैछ । करिब ८९ मिटर लम्बाई रहेको यस पुलको चौडाईं २३ मिटर रहने बताइएको छ । पाँच वर्षमा दुई पटक पुल भाँसिएकोले अहिले चार लेनको पुल निर्माण सुरु गरिएको हो ।

दुधौरा खोलाको पुलको पिलर भाँसिदा यातायात सञ्चालनमा समस्या आएपछि करिब दई करोडको लगानीमा रेट्राे फिटिङ्ग गरेर सञ्चालनमा ल्याएइको थियो । चार वर्ष अघि पनि पुल भाँसिएर अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय हेटौंडाले तीन वर्षअघि रेट्राेफिटिङ्ग गरेर सञ्चालनमा ल्याएको थियो ।

दुधैरा पुलका कारण लामो समय यात्रु र सवारी चालकले सास्ती भोग्नु परेको थियो । वर्सेनी पुल बिग्रिएर सवारी साधन ठप्प हुने गरेको समस्याका कारण वर्षायाममा यात्रुहरुले कयौं रात जंगल मैं बिताउँन बाध्य थिए ।

नयाँ पुल निर्माण भएपछि सास्ती व्यहाेर्नु पर्ने आशा गरिरहेका सर्वसाधारण तीन वर्षसम्म एउटा पिलर मात्रै ठड्डिएकाे देखेर निराश बनेका छन् । 

वर्षालगायतका विभिन्न बहाना बनाएर ठेकेदार कम्पनीले आलटाल गरेको स्थानीयले बताएका छन् । पक्की पुल समयमै नबनेका कारण आवतजावत गर्न समेत समस्या हुने गरेको छ । 

तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको थियो । हामीले पनि दुई वर्ष मै निर्माण सम्पन्न गरिने योजनाका साथ काम गरेका हो । तर, यसबीचमा भएको मूल्यवृद्धि र चुनावका कारण काम ढिलाई भएको महादेव खिम्ती हिराजन जेभीका इञ्जिनियर अजय झाले बताए ।

पुलमा निर्माण नभइन्जेलसम्मलाई खोलाको बाटोबाट डाईभर्सन गरिएको छ भने वर्षायामलाई मध्यनजर गर्दै बेलीब्रिजको समेत निर्माण गरिएको भएता पनि करिब एक किलोमिटर कच्चीबाटोबाट सवारीसाधन तथा यात्रु यात्रा गर्न बाध्य छन् । 

करिब ५० वर्ष पहिले निर्माण भएको लोकमार्गमा सवारीसाधनको चापले साघुँरो बन्दै गएपछि सडक र पुलको विस्तार गरी दुई लेनलाई चार लेन बनाउँन लागेको हो ।

    सम्बन्धित समाचार...