Close Me
२९ माघ २०८१, मंगलवार

बालुवाटार पुगे शेरबहादुर देउवालाई बधाई दिन जनार्दन शर्मा

pm deuba and sharma

नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । 

प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् । 

बुधबार बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित भएका हुन् । थापाले २५ मत पाएका थिए । 

निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा देउवालई बधाई दिन बालुवाटार पुगेका हुन् ।

    सम्बन्धित समाचार...