२० बैशाख २०८१, बिहीबार

सुनको मूल्य तोलामा एक सयले घट्यो

gold

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा किनबेच भएको थियो भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य पाँच रुपैयाँ घटेको हो । आज प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औन्स एक हजार ७८९.१० अमेरिकी डलर रहेको छ ।

    सम्बन्धित समाचार...