१ जेष्ठ २०८१, मंगलवार

डोल्पाबाट नेपालगन्जतर्फ तस्करी गरी लैजाँदै गरेको ठूलो परिमाणको जडीबुटीसहित दुई जना पक्राउ

jadibuttitaskar

डोल्पाबाट नेपालगन्जतर्फ तस्करी गरी लैजाँदै गरेको ठूलो परिमाणको जडीबुटीसहित दुई जना पक्राउ परेका छन् ।

डोल्पा – जाजरकोट सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा सोमबार दिउँसो १ बजे भे.१ ख.३५१९ नंम्बरको ट्रकमा इजाजत बिना नेपालगन्जतर्फ लैजाँदै गरेको ८९ बोरा (२१९२.०४) किलोग्राम जटामसी र १७ बोरा (४७६.१२) किलोग्राम पदमचाल फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उक्त ट्रकसँगै जडीबुटीका साहु जाजरकोट छेडागाड नगरपालिका – ७ का सुरेन्द्र शाही र ट्रक चालक बाँके कोहलपुर – १२ का खगेन्द्र खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन डिभिजन कार्यालय जाजरकोटमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

उक्त जडीबुटी शे-फोक्सुन्डो राष्ट्रिय निकञ्ज क्षेत्रको भुक्पा, भांका पाटनबाट गत साउन-भदौ महिनामै अवैध रुपमा संकलन गरिएको स्थानीयले बताएका छन् ।

जिल्ला वन कार्यालय जाजरकोटले नियन्त्रणमा लिएको उक्त जडिबुडी बारेकोट गाउँपालिका जाजरकोटका सुरेन्द्र मल्ल र त्रिपरा सुन्दरी नगरपालिका वडा नं. १ डोल्पाका गणेश बोहोराको भएको बुझिएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकाको कागमारा र चुने पाईले हिमाल क्षेत्रको निकुञ्जको कोर क्षेत्रमा खनिएको थप जडीबुटी पनि जुम्लाको बाटो हुँदै चोरी तस्करी हुन लागेको स्थानीय स्रोतले बताएको छ । डोल्पा जिल्लादेखि हुने हरेक खाले चोरी पैठारी र तस्करी नियन्त्रणको लागि सरोकारवाला निकायाको निगरानी भने कमजोर देखिएको छ ।

jadibuttitaskari 1671513287

    सम्बन्धित समाचार...