५ जेष्ठ २०८१, शनिबार

तीनचोटि भेट पुष्पकमल दाहाल र रवि लामिछानेबीच

rabi prachanda

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेटवार्ता बाक्लिएको छ । सरकार गठनका सन्दर्भमा आफूले रविसँग तीनचोटि छलफल गरिसकेको दाहालले खुलासा गरेका छन् ।

गृहजिल्ला चितवन पुगेका दाहाललाई सोमबार पत्रकारले प्रश्न गरे, ‘तपाईंहरु सरकार गठनका लागि अन्य पार्टीसँग छलफल गरिरहनुभएको छ, तर, स्वतन्त्र पार्टीसँग छलफलै गर्नुहुन्न, किन ?’

जवाफमा दाहालले भने, ‘यो कुरा गलत हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग यो वीचमा मेरो तीनपटक कुराकानी भइसकेको छ ।’

दाहालले थपे, ‘तपाईंहरुले देख्नुभो, नयाँ बनेका पार्टीहरु, सीके राउतसँग पनि कुराकानी भइराखेको छ । अझ मैले त डिल्लीबजार कारागारमा गएर रेशमलाल चौधरीलाई पनि भेटें ।’

नेपाल सरकारले विगतमा गरेका सम्झौताहरुलाई सम्बोधन गर्न सरकारले मुलुकी फौजदारी संहिता संशोधन अध्यादेश ल्याएको दाहालले स्पष्टीकरण दिए ।