२५ बैशाख २०८१, मंगलवार

पन्ध्र सय माछाहरूको घर भनिने बर्लिनको विशाल एक्वैरियम फुट्यो

medium 2022 12 16 6694807644

बर्लिनको र्याडिसन ब्लुको लबीमा रहेको १० लाख लिटर पानी भएको विशाल एक्वैरियम फुटेको छ । एक्वैरिम फुटेपछि होटल र नजिकैका सडकहरू बाढीमा परेका छन्।
१५ सय माछाहरूको घर ‘एक्वाडोम’ १५ दशमबल ८५ मिटर उचाई (५३ फिट) अग्लो थियो । त्यसलाई संसारको सबैभन्दा ठूलो बेलनाकार एक्वैरियमको रूपमा वर्णन गरिएको थियो ।

विष्फोटपछि सिसा खसेर दुई जना घाइते भएका छन् ।

त्यहाँ अविश्वसनीय क्षति भएको प्रहरीले जनाएको छ । भिडियोमा होटलको लबीमा पानी खन्याएको खाली ट्याङ्की देखाइएको छ ।

पोखिएको पानी भएको ठाउँमा धेरै जीवितै माछा फेला परेका प्राप्त विवरणहरुमा जनाइएको छ ।

घटनापछि पाहुनाहरु होटलबाहिर लगिएको थियो । ठूलो परिणाममा माछाहरु मरेका बर्लिनका अग्नि नियन्त्रकका प्रवत्ताले बताए । 

एक्वैरम चर्को आवाज र कम्पनले फुटेपछि आफू व्युझिएको एक आगन्तुकले बताएका छन् । लबीमा हेर्दा पानी बगिरहेको र अन्य पाहुनाहरूलाई पछि सशस्त्र प्रहरीले होटलबाट बाहिर निकालेको उनले बताए ।

a 2

    सम्बन्धित समाचार...