१७ बैशाख २०८१, सोमबार

कतै वर्षा, कतै हिमपात आज

weather
सांकेतिक तस्विर

आज तीन वटा प्रदेशमा हल्का वर्षाको सम्भावना भए पनि अबको केही दिन देशभरको मौसम सामान्यतया सफा नै रहने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदलीसँगै हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भूभागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशको उच्च पहाडी भूभागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    सम्बन्धित समाचार...