१३ बैशाख २०८१, बिहीबार

खोटाङका पहिलो कोरोना संक्रमित डिस्चार्ज

corona patient

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवा बिहिबार डिस्चार्ज भएका छन् ।

उनलाई कोरोना पुष्टिपछि गत जेठ ७ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा भर्ना गरिएका थियो । उनी बिहिबार डिस्चार्ज भए पनि नगरपालिकाबाट सवारी साधन पुग्न बाँकी रहेकाले पुनः अस्पतालमै बसिरहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा.शैलेस श्रेष्ठले बताए । उनी पुन १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी डिस्चार्ज भएका हुन् ।

नगरपालिकाबाट ३४ जनाको स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाइएकामा उनलाई संक्रमण भएको पूष्टी भएको थियो ।

अस्पतालमा भर्ना भए पनि दुई/तीन दिन बाहेक औषधि सेवन नै नगरी डिस्चार्ज भएका हुन् ।
आफूलाई पिसिआरका लागि स्वाब संकलन गरिएको दिन सामान्य रुघामार्गी लाग्नु बाहेकका लक्षण नदेखिएको उनले बताएका थिए ।

उनी आफ्नो नगरले नगरबासिलाई घर ल्याउने क्रममा बैसाख १२ गते काठमाडौंबाट घर आएका थिए । गाडिमा घर फर्कदा उनलाई सामान्य रुघाखोकि र ज्वरो आएको थियो । डिस्चार्ज भएकालाई ल्याउनका लागि नगरले सवारि साधन बिराटनगरतर्फ पठाइसकिएको हलेसि तुवाचुङका मेयर इवन राईले जानकारि दिए ।