७ बैशाख २०८१, शुक्रबार

चीनले भारतसँगको सीमामा वायुसैन्य गतिविधि बढायो

china air force

भारत र चीनबीच लगभग एक महिनादेखि पूर्वी लद्दाख सीमामा तनाव जारी छ । त्यसको समाधानका लागि दुवै पक्षले शनिवार महत्त्वपूर्ण बैठक गर्ने भएका छन् ।

तर वार्ताअघि सीमामा सैन्य गतिविधि बढेका छन् । अक्साई चीन क्षेत्रमा चिनियाँ लडाकू विमानहरूको हलचल बढेको देखिन्छ । भारतीय वायुसेनाले त्यसमा नजर राख्दै गश्ती बढाएको छ ।

चीनको वायुसेनाले सीमानजिक युद्धअभ्यास गरिरहेको छ र उसको विमान सीमामा रहेको १० किलोमिटरको नो फ्लाई जोनमा आएको छैन । तर भारतीय वायुसेनाले त्यहाँ आफ्नो उपस्थिति बढाएको छ ।

लद्दाखमा भारतीय वायुसेना राम्रो स्थितिमा छ । श्रीनगर र चण्डीगढ एयरबेसबाट छोटो अवधिमै भारतइि वायुसेनाका लडाकू विमानहरू इन्धन र हतियार सहित उडान भर्न सक्छन् । चीनका एयरबेस चाहिँ निकै अग्लो ठाउँमा छन् । त्यसले गर्दा उसका विमानहरू बढी पेलोड र इन्धन लैजान असमर्थ छन् ।

भारतले अरुणाचल र सिक्किम सीमामा पनि सैन्य तैनाथी बढाएको छ । ती क्षेत्रमा चीनले सैनिकको संख्या बढाएको खबर आएपछि भारत सतर्क बनेको हो ।

लिपुलेक नजिक भारतले अस्थायी संरचना बनाएपछि चीनको विरोध

भारत र चीनवीचको सीमा विवाद फेरी नेपालसंग जोडिएको सीमा क्षेत्र उत्तराखण्डमा समेत देखिएको छ । दुवै देशबीच लद्दाखमा एक महिनादेखी तनाव जारी छ । चीन र भारतवीच नेपालले आफ्नो दावी गर्दै आएको भूभाग नजिक समेत तनाव उत्पन्न भएको भारतिय संचारमँध्यमहरुले दावी गरेका छन् ।

भारतले नेपालको भूमी हुंदै लिपूलेक जोड्ने सड्क निर्माण गरेपछि नेपालले त्यसको विरोध गर्दै आफ्नो भुमिमा सड्क बनाउन नपाउने बताएको छ । नेपालले लिम्पियाधुरा,कालापनी र लिपुलेक क्षेत्रलाई समेटेर आफ्नो राजनैतिक नक्सा जारी गरिसकेको छ । भने हाल संसदमा संशोधन प्रस्ताव पेश भइसकेको छ ।

चीनले भारतले लिपुलेकको नजिकै बनाएको अस्थायी संरचना निर्माणको विषयलाई लिएर आपत्ति जनाएको नवभारत टाइम्सले जनाएको छ । भारतले उक्त संरचना सीमा क्षेत्रभन्दा ८ सय मिटर भित्र रहेको दावी गरेपनि चीनले त्यसमा प्रश्न उठाएको हो । यससंगै दुवै देशका सेनाले सुरक्षा गस्ती समेत बढाएका छन् ।

भारतले तकलाकोट मण्डी जाने यात्री र व्यापारीहरुको सुविधाको लागी भन्दै अस्थायी सेल्टर बनाएको दावी गरेपनि चीनले यसमा आपत्ति जनाएको छ ।

भारतिय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेको सड्कले १७ हजार फिट उचाईमा रहेको लिपुलेकसंग उत्तराखण्डको धारचुला सजिलै जोडिनेछ । यसबाट भारतिय चौकिसम्म पुग्न सजिलो हुनेछ । यो सड्कको लम्बाई ८० किलोमीटर रहेको छ । मानसरोवर लिपुलेकबाट करीव ९० किलोमिटर टाढा रहेको छ ।

मानसरोवर पुग्न यसअघि तीन हप्ता समय लाग्ने गरेकोमा अव एक हप्तामा त्यहां पुग्न सकिनेछ । यो सड्क निर्माणसंगै भारतीय थल सेनाको लागी रासनपानी र युद्ध सामाग्री चीनको सीमा क्षेत्रमा पुर्याउनको लागी सहज भएको छ ।

दुई वर्ष पहिलो चिनियां जनमुक्ति सेना पिथौरागढको बाराहोतीमा प्रवेश गरेको भन्दै भारतले आपत्ति जनाएको थियो । भारतले चीनले सीमा क्षेत्रको २ सय मिटर नजिकै इलेक्ट्रोनिक इक्विपमेण्ट्स लगाएको आरोप लगाउंदै आएको छ । भारतले पछिल्लो समय सीमा क्षेत्रमा पुर्वाधार निर्माणको काम गरेसंगै दुवै देशबीच विवाद बढिरहेको छ ।

भारतले चीनसंग सीमा जोडिएको क्षेत्रमा ६१ वटा सड्क निर्माण गरिरहेको छ । जसमध्ये ७५ प्रतिशत काम पुरा भएको छ । त्यसमध्ये १४ सड्क उत्तराखण्डमा छन् । ३ सय ३५ किलोमिटर लामो सड्कमा १४८ किलोमिटर सड्क निर्माण भइसकेको छ । जम्मू कश्मिर र लद्दाखमा १२ सड्क,अरुणांचल प्रदेशमा २७ , सिक्किमा ३ र हिमाचलमा ५ वटा सड्क वनिरहेका छन् । जुन सामरिक हिसावले भारतले निकै महत्वपूर्ण रहेको बताउंदै आएको छ । चीनले पनि सीमा क्षेत्रमा निर्माण कार्य जारी राखेको छ ।

कहां-कहां छ सीमा विवाद ?

दुवै देशबीच अक्साईदेखी अरुणाचलसम्म सीमा विवाद रहेको छ । केही दिन पहिले दुवै देशका सेनावीच सीमा क्षेत्रमा झड्प समेत भएको थियो । वास्तविक नियन्त्रण रेखामा दुवै देशले सैनिकहरुको उपस्थिती बढाएका छन् । दुवै देशबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा रहेको छ ।

अहिलेसम्म दुवै देशबीच पुरै सीमांकन भने भएको छैन् । भारत पश्चिम सेक्टरमा अक्साई चीनमा आफ्नो दावी गर्दै आएको छ । जो अहिले चीनको नियन्त्रणमा रहेको छ । १९६२ मा भएको युद्धमा चीनले पुरै क्षेत्र कब्जामा लिएको थियो । चीनले पूर्वी सेक्टर अरुणाचल प्रदेशमा दावी गर्दै आएको छ । उसले यसलाई दक्षिण तिब्बतको हिस्सा भएको दावी गर्छ ।

२०१७ मा डोकलामलाई लिएर चीन र भारतवीच विवाद भएको थियो । ८० दिन लामो विवाद दुवै मुलुकबीच वार्ताद्धारा हल भएको थियो । भुटान र चीनले डोकलामलाई आफ्नो भएको दावी गर्दै आएका छन् । भारतले भुटानको दावीलाई समर्थन गर्दै आएको छ ।

उसले यो क्षेत्र सामरिक रुपमा महत्वपूर्ण भएकोले पनि भुटानको साथ दिएको थियो । किनभने यो भारतको उत्तर पूर्वी राज्य जोड्ने २० किलोमीटर चौडा चिकेन नेकजस्तै ठांउ हो । भारतले चीनले उत्तर पुर्वी भारतमा चीनले कब्जा जमाउन सक्ने भन्दै डराएको थियो । तर,अहिले त्यो क्षेत्रमा चीनले सड्क,एयरपोर्ट र अस्पताल निर्माण गरिसकेको छ ।

सीमा विवादको समस्या समाधान गर्नको लागी दुवै देशले विशेष प्रतिनिधी नियुक्त गरीसकेका छन् । भारतिय रक्षामन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा चीनको उपस्थिती बढेको बताएका थिए । सीमा क्षेत्रमा तनाव बढेपछि दुवै देशले लेफिटनेण्ट जर्नेल तहका कमाण्डरलाई फिल्डमा खटाएका छन् ।

६ जुनमा दुवै देशबीच सैनिक स्तरमा वार्ता गर्ने मिति समेत तय भइसकेको छ । अमेरिकाले सीमा विवादको मध्यस्थता गर्ने प्रस्ताव गरेपनि उक्त प्रस्तावलाई दुवै देशले अस्विकार गरिसकेका छन् । चीनियां सेनाको तिब्बत कमाण्डले ४७ सय मिटर उचाईमा सैन्य अभ्यास सम्पन्न गरेपछि भारतले त्यसलाई चिन्तित बनाएको छ । चिनियां सेनाले दुश्मनको क्षेत्रमा घुसेर राती हमला गर्न सक्ने अभ्यास गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

एजेन्सी