८ बैशाख २०८१, शनिबार

चलचित्र बिकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

dayaram dahal

चलचित्र विकास बोर्डका अध्यक्षमा बोर्डका पुर्व सदस्य फिल्म लेखक, निर्देशक कलाकार तथा गीतकार दयाराम दाहाल नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले दाहाललाई बोर्ड रिक्त अध्यक्ष पदमा नियुक्त गरेको मन्त्रीपरिषद स्रोतले जानकारी गराएको छ।

बोर्ड अध्यक्ष बन्नका लागि दश जनाले आवेदन दिए पनि मन्त्रिपरिषदमा दयारामसहित फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापाको नाम सिफारिश भएको थियो।

परिषदले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि योग्य ठहर्याउँदै नियुक्त गर्ने निर्णय गरेको हो।
तत्कालिन बोर्ड अध्यक्ष केशब भट्टराईको पौष २९ हृदयघातको कारण निधन भएपश्चात बिकास बोर्ड अध्यक्षबिहिन रहेको थियो ।

नव नियुक्त अध्यक्ष दाहाल ३ दशक अगाडिबाटै फिल्म क्षेत्रमै सकृय रहेका छन । सहायक निर्देशक हुँदै नेपाली फिल्मक्षेत्रमा प्रबेश गरेको दाहालले २ दर्जन बढि फिल्मको निर्देशन गरेका छन भने २० बढि फिल्ममा अभिनय गरेका छन ।

त्यसयता उनी चलचित्र बिकास बोर्डकै सदस्यमा कार्यरत रहेका थिए ।

दयाराम दाहालले ‘दौतरी, ठूल्दाई, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै विग्रिस नि बद्री, भरिया, दाइजो, जेठ कान्छो, अग्नी ज्वाला, भाग्य विधाता, दोबाटो, कर्मयोद्धा, अरबपति, दशगजा, फर्केर हेर्दा, कहाँ छौ कहाँ, म तिमी बिना मरिहाल्छु, नेपाल’ लगायतका चलचित्र निर्देशन गरेका छन् । उनी निर्देशीत गरेको पछिल्लो चलचित्र ‘रानी’ हो ।

नव निर्वाचित चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाललाइ नेपाल घटनाको तर्फबाट शुभकामना उनको कार्यकाल सफल रहोस

    सम्बन्धित समाचार...