२३ बैशाख २०८१, आईतवार

पाँचपटकभन्दा बढी नियम उल्लंघन गरेपछि ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बन

Smart driving licence specimen

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरमा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँचपटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

निलम्बनका लागि पठाइएका सबैभन्दा धेरै कारवाहीमा एकजना ४४ पटक, ३५ पटक कारवाही एकजना, २४ पटक परेका तीनजना, १४ पटक परेका एकजना, १२ पटक परेका सातजना, सातपटक परेका दुईजना र ६ पटक कारवाहीमा परेका ४५ जना गरी ६० जना छन् ।

उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको ट्राफिक विभागले जनाएको छ । ट्राफिक नियम उल्लघंन गरिरहने चालकहरुबाटै सवारी दुर्घटना भएको तथ्यांकले समेत देखाएको छ ।

    सम्बन्धित समाचार...