१३ बैशाख २०८१, बिहीबार

घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना पक्राउ

aparadh scaled 1

काठमाडौंको वनस्थलीमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना पक्राउ परेका छन् ।

गत मंसिर १८ गते घरको ढोका फोडेर घरबेटीको २६ तोला सुन र एक लाख १४ नगद तथा सोही घरमा भाडामा बस्नेको कोठाबाट १३ तोला सुन र ५७ हजार रुपैयाँ नगद चोरेर फरार रहेका गोरखाका डिलबहादुर घले पक्राउ परेका हुन् । 

बिहीबार उनलाई गोरखाको गोरखा नगरपालिका ६ बाट पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी यसअघि २०७२ जेठमा समेत काठमाडौं महानगरपालिका २६ बाट एक घरमा चोरी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट १ वर्ष ६ महिना १९ दिन कैद र २ लाख ७२ हजार ८९९ रुपैयाँ जरिवाना समेत भुक्तान गरी डिल्लीबजार कारागारबाट छुटेका थिए ।

उनलाई पक्राउ पश्चात थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार...