१७ बैशाख २०८१, सोमबार

गाडीको प्रदूषण जाँचका लागि छड्के गर्दै वातावरण विभाग, फेल भए एक लाखसम्म जरिवाना

gadi dhuwa

वातावरण विभागले आजदेखि गाडीको प्रदूषण जाँचपासमा कडाइ गर्ने भएको छ । यसअघि छड्के जाँचमा मापदण्डभन्दा धेरै प्रदूषण फ्याँकेको पाइए मर्मत गरेर प्रदूषण जाँचपास गराउन निर्देशन दिइँदै आइएको थियो । 

तर, आजदेखि वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने वातावरण विभागका प्रवक्ता शंकर पौडेलले जानकारी दिए । उनका अनुसार प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले छड्के जाँच गर्नेछन् ।

    सम्बन्धित समाचार...