१६ बैशाख २०८१, आईतवार

‘डा. शेखर कोइरालाले संसदीय दलको नेतामा उम्मेदवारी दिने’

Shekhar Koirala

नेपाली कांग्रेसका शीर्ष नेता तथा नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले पार्टीको संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । सो समूहबाट कसले उम्मेदवारी दिने भन्नेबारे सहमति भएको थिएन । यसअघि महामन्त्री गगनकुमार थापाले सो समूहबाट दलको नेतामा उठ्ने घोषणा गरिसकेका छन् ।

तर, पार्टी सभापति शेरबहादुर देउवासँग लड्दाखेरि परिपक्व व्यक्तिलाई अघि सार्न सो समूहका नेताहरुको दबाब थियो । कोइरालाले धेरै छलफलपछि आफू नै दलको नेतामा उम्मेदवार बन्ने निधो गरेको पुरञ्जन आचार्यले जानकारी दिए ।

उनले भने,‘शेखर कोइरालले कुनैपनि बेला दलको नेतामा उम्मेदवारी घोषणा गर्नुहुन्छ । उहाँ अन्तिम गृहकार्यमा जुट्नुभएको छ । आज/भोलि नै उहाँले यो घोषणा गर्नुहुन्छ ।’

शेखरले दलको नेतामा देउवासँग प्रतिष्पर्धा गरे महामन्त्री गगन थापाले सघाउने बुझिएको छ । तर, थापाले आफूले चुनावअघि नै दलको नेतामा उठ्ने बताएकोले ब्याक नहुने भनेर कोइरालासमक्ष सन्देश पुर्याएको पनि चर्चा छ ।