१५ चैत्र २०८०, बिहीबार

संक्रमितको संख्या २ हजार ६ सय ३४, एकैदिन ३३४ थपिए, मृत्यु हुनेको संख्या १०

corona nepal

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र ३ सय ३४ संक्रमित थपिएका छन । यो संगै सन्ंक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

त्यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको २० गते मृत्यु भएको थियो । उनी भारतबाट फर्किएपछि स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई मिसन अस्पताल पाल्पामा भर्ना गरिएकोमा उनको उपचारको क्रममा निधन भएको हो ।