१७ बैशाख २०८१, सोमबार

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

rabi
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता युवराज सफलले दायर गरेको रिट संवैधानिक इजलासले हेर्नेछ । रिटमा लामिछानेको सांसद पद र पार्टी सभापति पदसमेत खारेजको माग गरिएको छ ।

त्यस्तै, लामिछानेको नागरिकताबारे काठमाडौं प्रहरी परिसरले अनुसन्धान जारी राखेको छ । गत मंसिर ६ गते उहाँको नागरिकतामा प्रश्न उठाउँदै गृहमन्त्रालयले उजुरी परेको थियो । उजुरीपछि मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्नुपर्नेभन्दै काठमाडौं प्रहरी परिसरलाई पत्राचार गरेको थियो । लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता लिनुभएको थियो भने फर्किएपछि अमेरिकी नागरिकता त्यागेको प्रमाण नदेखाएको उजुरीमा उल्लेख छ ।

नेपालको कानून अनुसार नागरिकता पुनर्प्राप्तिका लागि प्रक्रियामा जानुपर्ने उल्लेखछ ।