१७ बैशाख २०८१, सोमबार

ग्वाटेमालामा ज्वालामुखी विस्फोटः विमानस्थल, राजमार्ग अवरुद्ध

ज्वालामुखी विस्फोट ग्वाटेमाला 800x450 1

मध्यअमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरि विष्फोट भएको छ । विस्फोटपछि लाभा र खरानी फैलिएको छ ।

आइतबार ग्वाटेमाला शहरका अधिकारीहरूलाई देशको सबैभन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग बन्द गर्न बाध्य पारेको छ ।

फुएगो नामको ज्वालामुखी शनिबार र आइतवार राति सक्रिय भयो । पग्लिएको चट्टान र धुवा आकाशमा दुई किलोमिटरमाथिसम्म पुगेको थियो । बतासले खरानीलाई ३५ किलोमिटर (२२ माइल) टाढा ग्वाटेमाला सिटी तर्फ पुर्याएको थियो । 

राजधानीबाट ६ किलोमिटर दक्षिणमा रहेको ला अरोरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यरातमा अस्थायी रूपमा बन्द गरिएको सिभिल एरोनटिक्सको महानिर्देशनालयले एक विज्ञप्तिमा भनेको छ । धावनमार्गनजिकै खरानी फैलिएको थियो । 

कम्तीमा दुई आगमन उडानहरू डाइभर्ट गर्नुपरेको उड्डयन स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    सम्बन्धित समाचार...